२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

२०७५, ४ जेष्ठ शुक्रबार ११:०९

जेठ ४, कङ्गो | प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको समाचारमा जनाइएको छ । 

सो संक्रमणको आङ्कका गरिएका ४५ मध्ये १० जनाको मात्र परीक्षण हुन बाँकी रहेको र अरुमा पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले बिहीबार अबेर राति प्रकाशित विज्ञप्तिमा सो कुराको जानकारी दिएको छ । 

देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको संक्रमणको कारण एक व्यक्तिको मृत्यु भएको र अन्य एघार जनामा संक्रमण भएको केही दिन अघि नै खुलेको थियो । 

इक्वेटेउर प्रान्तको बिकोरो सहरमा सो संक्रमण देखिएको हो । सअघि यसै महिनाको सुरुमा पनि एक ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । 

कङ्गोमा महिना दिन अघिको यस संक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए । 

कङ्गोमा पुनः देखिएको इबोला संक्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । कङ्गोमा यस प्रकारको इबोला संक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ । 

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ । 

सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रिकी देशहरुमा देखिएको इबोलाको भीषण महामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।रासस÷एएफपी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते