२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

४ जेष्ठ २०७५, शुक्रबार ११:०९

जेठ ४, कङ्गो | प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको समाचारमा जनाइएको छ । 

सो संक्रमणको आङ्कका गरिएका ४५ मध्ये १० जनाको मात्र परीक्षण हुन बाँकी रहेको र अरुमा पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले बिहीबार अबेर राति प्रकाशित विज्ञप्तिमा सो कुराको जानकारी दिएको छ । 

देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको संक्रमणको कारण एक व्यक्तिको मृत्यु भएको र अन्य एघार जनामा संक्रमण भएको केही दिन अघि नै खुलेको थियो । 

इक्वेटेउर प्रान्तको बिकोरो सहरमा सो संक्रमण देखिएको हो । सअघि यसै महिनाको सुरुमा पनि एक ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । 

कङ्गोमा महिना दिन अघिको यस संक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए । 

कङ्गोमा पुनः देखिएको इबोला संक्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । कङ्गोमा यस प्रकारको इबोला संक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ । 

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ । 

सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रिकी देशहरुमा देखिएको इबोलाको भीषण महामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।रासस÷एएफपी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा