उनको हत्या युक्रेनको राज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनको हत्या युक्रेनको राज"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

१६ जेष्ठ २०७५, बुधबार १०:४९

जेठ १६, किभ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । 


उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । 

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन । उनको हत्यापछि प्रहरीले अनुसन्धान सुरु भएको बताएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए । उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो । 

युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको थियो । उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको छ । 

प्रहरीले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको भन्दै तर अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या भएको संकेत मिलेको जनाएको छ । 

अर्काडी बाब्चेन्को नामका ती पत्रकार ४१ वर्षका थिए । उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् । 

उनी रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् । दुई वर्षअघि पनि उनीजस्तै अर्का रुसका आलोचक पत्रकारको किभमा नै हत्या भएको थियो । 

किभका प्रहरी प्रवक्ता यार्सालोभ तारकोलोले पत्रकार बाब्चेन्कोको हत्या उनको व्यवसायसँग जोडिएको हुनसक्ने अनुमान गरेका छन् । उनले भनेका छन्– उनको पत्रकारिता व्यवसाय र उनको कार्यसम्पादनजस्ता विषय नै उनको हत्याको कारण हुनसक्छ । 

मस्को छोड्नुअघि उनले रुसको विपक्षी दलहरुको समर्थनमा प्रकाशित पत्रिका नोभिया गजेटामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने कामगर्थे भने उनका लेखहरु निकै चर्चित हुने गर्दथे । 

उनलाई पछाडिबाट गोली हानिएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा भूईँमा लडेका उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मत्यु भएको प्रहरीको भनाई छ । 

उनले सन् २०१६ मा रुसमा दुर्घटनाग्रस्त एउटा रुसी सैनिक विमानको बारेमा आलोचनासहितको एक समाचार लेखेका थिए । त्यसपछि आफूलाई मार्ने धम्की आएको उनले बताएका थिए । 

त्यस लगत्तै उनले रुस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका र पछिल्लो एक वर्ष त्यहीँ बस्दै आएका थिए । 

सुरुमा यी पत्रकार सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटेका थिए । 

रुसी राष्ट्रपति पुटिनका आलोचकहरु रुसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेका छन् । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् । 

तर रुस विरोधी नेता र पत्रकारहरुका लागि पछिल्ला केही वर्षहरुमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुश भएको बताइन्छ । दुई वर्षयता पुटिन विरोधी अरु पनि नेता र पत्रकार किभमा मारिएका छन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान