२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वाटेमालामा ज्लालामुखी विस्फोट हुँदा २५ जनाको मृत्यु

२१ जेष्ठ २०७५, सोमबार ११:३९

जेठ २१, ग्वाटेमाला | सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । 

उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । 

त्यसमा परी अरु करिब २०० जना घाइते भएका छन् । 

यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेको छ । जसका कारण ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ । 

स्थानीयवासीलाई उद्धार गरेर अर्को स्थानमा सार्न पनि ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । आइतबार राति भएको यस विस्फोटमा परी कम्तीमा पनि १७ लाख मानिस प्रभावित भएका छन् । 

त्यसैगरी यस प्रकोपका कारण उक्त ज्वालामुखी विस्फोट भएको क्षेत्रका करिब तीन हजार नागरिकलाई अन्यत्रै सारिएको छ । यहाँका उद्धारकर्मीले यस ज्वालामुखी निकै शक्तिशाली भएकोले यसबाट ठूलो क्षति हुनसक्ने बताएका छन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै