२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

२२ जेष्ठ २०७५, मंगलवार १६:४६

जेठ २२, दुबई | इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । 

आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ । 

पूँजी विश्लेषकहरूको समूह भन्छ, सन् २०१७ मा ०.७ प्रतिशतमा खुम्चिन पुगेको इन्धनमा आश्रित साउदी अर्थतन्त्र सन् २०१८ को पहिलो चौमासिकमा १.५ प्रतिशतले वृद्धि भएको छ । 

“इन्धनको मूल्यमा आएको सुधार नै साउदी अरबको अर्थतन्त्रमा देखिएको सकारात्मक सूचकको मुख्य वाहक हो,” लण्डनस्थित पूँजी विश्लेषक समूहले बताएको छ । 

सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलरभन्दा कम बनेको पेट्रोलियम पदार्थको मूल्य सन् २०१८ मा आइपुग्दा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको थियो । पेट्रोलियम पदार्थको निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) र आयात गर्र्ने प्रमुख मुलुकहरूबीच भएको सम्झौतापछि तेलजन्य इन्धनको मूल्यमा समायोजन गरी तेल निर्यात गर्ने राष्ट्रको अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्न सम्भव भएको विश्लेषकहरूको भनाइ छ । 

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै सन् २००९ पछि साउदी अरबको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन थालेको थियो । 

रियादस्थित जाद्वा इन्भेष्टमेन्ट कम्पनीले भनेको छ, सन् २०१३ को अक्टोवरपछि पहिलो पटक यो वर्षको अप्रिलमा मात्र आम्दानीमा मासिक रूपमा सवैभन्दा ठूलो अङ्कले वृद्धि भएको देखिएको थियो । यससँगै उक्त कम्पनीको वार्षिक वचत १३ अर्ब २० करोड अमेरिकी डलर पुगेको थियो । 

कम्पनीले दिएको जानकारी अनुसार सन् २०१४ को अन्त्यमा ७३२ अर्ब अमेरिकी डलर रहेको वचत यसवर्षको अप्रिलमा आइपुग्दा ५०६ अर्ब ६० करोड अमेरिकी डलर कायम हुन पुगेको थियो । 

सन् २०१४ देखि साउदी अरबको बजेट घाटा २६० अर्ब अमेरिकी डलर पुगेको छ र सन् २०१८ मा पनि ५२ अर्ब अमेरिकी डलरको बजेट घाटा रहने प्रक्षेपण साउदी सरकारले गरेको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला