२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु : राष्ट्रपति डोनाल्ड ट्रम्प

२०७५, २३ जेष्ठ बुधबार १२:२२

जेठ २३, वासिङटन | राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गर्नुभएको छ । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो, जुन अधिक मात्रामा अदालतमा परीक्षण भएको छैन । यसले हाल उहाँमाथि अनुसन्धान गरिरहेका अभियोक्तासँग उहाँको सङ्घर्षलाई अझै लम्ब्याउन सक्ने सङ्केत दिएको छ । 

त्यसै पनि माफीको आवश्यकता छैन, किनभने ‘‘मैले कुनै गल्ती गरेकै छैन’’, ट्रम्पले सोमबार ट्वीट गर्नुभयो । विशेष अधिवक्ता रोबर्ट मुलरलाई दिइएको एक ज्ञापनपत्रमा उहाँका वकिलहरूले न्याय अवरुद्ध पारेको क्षेत्रमा राष्ट्रपतिले कुनै पनि गल्ती गर्नु उहाँका लागि असम्भव हुन्छ भनी दाबी गरेका छन् । मुलर यस विषयमा अनुसन्धान गरिरहनुभएको छ । राष्ट्रमा कानुन कार्यान्वयन गर्ने प्रमुख अधिकारीको रूपमा ट्रम्पले न्याय विभाग तथा कार्यकारी संस्थामा पूर्ण नियन्त्रण गर्नुहुन्छ, त्यसैले उक्त दाबी गरिएको हो । 

यो भन्दा पनि पर उहाँका वकिलहरूले पदमा रहेका राष्ट्रपतिलाई फौजदारी अभियोग लगाउन सकिन्न भन्ने कुरामा कुनै विवाद नरहेको कुरामा पटकपटक अडान लिएका छन् । 

न्याय विभागले ‘‘विशेष अधिवक्ता’’ नियुक्त गर्नु पूर्णतया असम्वैधानिक हुन्छ’’ भनी ट्रम्पले सोमबार अर्को ट्वीट गर्नुभएको छ । 

जे भए पनि मुलरको अनुसन्धान अगाडि बढेको छ, यदि कुनै ऐतिहासिक नजिर स्थापना भयो भने सदा झैँ अदालतले पनि न्युनतम रूपमा केही प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ । यी प्रश्नमा के एउटा राष्ट्रपतिलाई अधिवक्ताको प्रश्नको उत्तर दिन बाध्य पार्न सकिन्छ ? के एउटा सेना प्रमुखले अनुसन्धानमा आपराधिक रूपमा हस्तक्षेप गर्ने कुरा सम्भव हुन्छ ? के एउटा राष्ट्रपतिको माफी दिने अधिकारको विस्तार भ्रष्टाचारको उद्देश्यमा पनि उपयोग हुनक्छ ? भन्ने प्रश्न समावेश हुन्छन् । 

‘‘यी प्रश्नमा परीक्षण भएको छैन भन्ने कारण छन् । किन भने यी विचार गर्न नसकिने कुरा थिए’’, राष्ट्रपति बराक ओबामाको कार्यकालमा ह्वाइट हाउसको वकिलको कार्यालयमा सेवा गरिसकेका र हाल सभाना ल स्कुलका प्राध्यापक एन्ड्रयु राइट भन्नुहुन्छ । ‘‘यहाँ राष्ट्रपतिको खेलको भाग कहिल्यै परीक्षण नभएको अस्पष्ट विषय लिनु र ‘हेर यस बिन्दुमा कुनै पनि आधिकारिकता छैन’ भन्नु हो । 

सन् २०१६ को निर्वाचनका समयमा के ट्रम्पका सहयोगीले रसियासँग समन्वय गरे ? र एफबीआईका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुसहितका कार्यबाट के ट्रम्पले अनुसन्धान बन्द गर्न पाइला चाले ? भन्ने कुरामा मुलरले अनुसन्धान गरिरहनुभएको छ । 

आफूले कुनै गल्ती नगरेको कुरामा ट्रम्पले अडान लिनुभएको छ । जनवरीमा मुलरलाई दिइएको र हालै प्रकाशन भएको ज्ञापनपत्र साथै राष्ट्रपति ट्रम्पका वकिलका विज्ञप्ति उहाँले गर्नुभएको कारवाही गर्न उहाँलाई संवैधानिकरूपमा अधिकार प्राप्त छ भन्ने स्थापना गर्ने कुराको प्रतिरक्षा गर्ने कामको वरपर घुमिरहेको स्पष्ट छ । 

प्रतिरक्षाका वकिलको तर्कले राष्ट्रपतिलाई बाँध्ने कानुनको भन्दा पनि अमेरिकी जनताले अपेक्षा गरेको मान्यता अनुसारको अधिकारको दुरूपयोग विरुद्धको संरक्षण नै संहिता हो भन्ने बुझाउँछ । 

उदाहरणका रूपमा ट्रम्पको दृष्टिकोणमा एफबीआईका निर्देशक कोमी वा अन्य कुनै पनि व्यक्तिलाई कुनै पनि कारणमा बर्खास्त गर्ने उहाँको अधिकार छ । यसै गरी संविधानले दिएको अधिकार उपभोग गरी राष्ट्रपतिले एफबीआईले गरेको अनुसन्धान पनि अन्त्य गर्न सक्नुहुन्छ भन्ने उहाँका वकिल भन्छन् । राष्ट्रपतिले आफूलाई ह्वाइट हाउसका पूर्वराष्ट्रिय सल्लाहकार माइकल फिल्नमाथि एफबीआईले गरेको अनुसन्धान बन्द गर्ने विषयमा विचार गर्न भनेको भनी कोमीले लगाएको आरोप पन्छाउन यो तर्कले काम गर्नसक्छ । 

यी प्रश्न पूर्णतया समाधान नभए पनि कोमीलाई बर्खास्त गरी राष्ट्रपति ट्रम्पले न्यायलाई अवरुद्ध पार्न सक्नुहुन्थेन भन्ने तर्कमा तार्किकता भएको साउथ टेक्सास कलेज अफ लका प्राध्यपक जोस ब्ल्याकम्यानले बताउनुभयो ।(रासस÷एपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता