२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा आतङ्ककारी समूहद्वारा एक महिला उम्मेदवारको अपहरण

२०७५, २४ जेष्ठ बिहीबार ०७:५६

जेठ २४, तालुकान | अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ । 

प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिनुभएको छ । 

दर्काद जिल्लाको जिल्ला परिषद्का महिला उम्मेदवार फजिलालाई प्रान्तीय राजधानी तालुकान शहरमा अपहरण गरिएको बताइएको छ । 

मङ्गलबार अपराह्नमा सरकारको विरोधमा लागेका आतङ्ककारी समूहले फजिला र उनका भाइ चढेको एक कारलाई अपहरण गरी अज्ञात स्थलमा लगिएको बताइएको छ । 

यस अपहरणमा कुन समूहको हात छ भन्ने बारेमा भने प्रष्ट भएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिबान आतङ्ककारी समूहले यो अपहरण गरेको दाबी गरेका छन् । 

महिला उम्मेदवार फजिला र उनका भाइलाई सुरक्षित अपहरण मुक्त गराउने प्रयास जारी रहेको पनि प्रवक्ता टिमुरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ । 

दर्काद जिल्लामा नियन्त्रण जमाएर बसेका तालिबान आतङ्ककारी समूहले भने यस बिषयमा केही टिप्पणी गरेका छैनन् । 

अफगान वोलेसी जिर्गा अर्थात संसदको तल्लो सदन र जिल्ला परिषद्को निर्वाचन आगामी अक्टोबर २० मा हुने तय भएको छ । 

यस निर्वाचनका लागि गत अप्रिलबाट मतदाताको नामावली दर्ता हुन शुरु भएको थियो । मतदाता नामावली दर्ता केन्द्रमा पनि एक दर्जनभन्दा बढी आतङ्ककारी आक्रमण भइसकेका छन् ।(रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते