२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता किम आज सिङ्गापुर पुग्दै

२७ जेष्ठ २०७५, आईतवार ०८:२०

जेठ २७, सीङ्गापुर | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै हुनुहुन्छ । 

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुग्नुभएको छ । उहाँ त्यतैबाट आइतबार सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ । 

राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताउनुभएको थियो । उहाँले क्यानाडा प्रस्थान गर्नुअघि शनिबार भन्नुभएको थियो– म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन हुन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हँुदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ । 

सिङ्गापुर सरकारले पनि यस वार्ताकोे अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ । 

उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै हुनुहुन्छ । 

उहाँले सिङ्गापुर पुगेर आज आइतबार नै यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । यो समाचारको सिङ्गापुरको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । उक्त मन्त्रालयले आइतबार उत्तर कोरियाली नेता र सिङ्गापुरका राष्ट्रपतिबीच भेटवार्ता हुने जनाएको छ । 

साथै उक्त मन्त्रालयले सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र सिङ्गापुरका राष्ट्रपति बीच पनि भेटवार्ता हुने तय भएको जानकारी दिएको बताइएको छ । 

अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ता नाम दिइएको यस बैठकप्रति विश्वको नै चासो बढेको छ । यस वार्ताको बारेमा विश्वकै सञ्चारमाध्यमहरुले पनि चर्चा गरिरहेका छन् । 

यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् । 

यसैबीच सिङ्गापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौँ देशका पत्रकारहरु पनि सिङ्गापुरमा जम्मा भएका छन् । पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन् । 

यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकारहरु पुगेका समाचारहरु आइरहेका छन् । 

यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ । 

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो । 

सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ । 

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा