२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो

१७ असार २०७५, आईतवार ०९:०५

असार १७, नयाँदिल्ली | भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । 

बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । 


झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । 

यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् । उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए । 

उनीहरुले सञ्चालन गरेको पसल बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए । त्यसपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो । 


तर पनि घटना केहीदिन पहिले नै भएको हुन सक्ने अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ । 

दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । प्रहरीले सामुहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ । 

उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो । प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

प्रहरीले यसलाई एउटा ठूलो रहस्यमय घटनाका रुपमा लिएको छ । उसले यस घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा