२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको आकासमा ३२८ यात्रु बोकेका दुई बिमान ठोक्किनबाट जोगिए

२०७५, २८ असार बिहीबार ११:१३

असार २८, काठमाडौँ | भारतको ब्यांग्लोर स्थित आकासमा एकापसमा नजिक आउंदै गरेका दुई बिमान दुर्घटनाबाट जोगिएका छन् ।  

आकासमा ३२८ यात्रु सहित उड्दै गरेका भारतको बिमान इंडिगोका २ विमानहरु एकापसमा ठोक्किनबाट बचेका छन्, दुई बिमान झन्डै ६० मिटरको दुरीबाट गएपछि ठूलो दुर्घटना टरेको हो । एकापसमा नजिक रहेका दुई बिमानहरुलाई ट्राफिक सिस्टमको मद्धतले दुर्घटनाबाट जोगाएको हो । एकापसमा ठोक्किन तयार रहेको अवस्थामा दुवै पाईलटले ट्राफिक संकेत पाएका थिए । लगत्तै दुवै बिमानले आफ्नो दिशा बदलेका थिए, जसको बाबजुत ६० मिटरको दुरीमा दुई जहाज रहँदा ठोक्किनबाट जोगिए । 


ट्राफिक संकेत हुँदा बिमानहरु ५ किलोमिटरको दुरीमा थिए । जुन दुरी दुई जहाजले केहि सेकेन्डमै पार गर्न सक्थ्यो ।  तर सूचना पाए लगत्तै पाईलटहरुले विमानको दिशा बदलेका थिए । घटना मंगलवारको हो । जुन घटनाको जानकारी एयरलाइन्सको स्रोतले आज मात्र दिएको हो । 

समाचार स्रोतका अनुसार, दुवै विमानमध्ये एक कोयम्बटूरदेखि हैदराबाद र अर्को बिमान ब्यांग्लोरदेखि कोच्चि जाँदै थियो । हैदराबाद जाँदै गरेको विमानमा १६२ यात्रु थिए भने कोच्चि जाँदै गरेका विमानमा १६६ जना यात्रु सवार थिए । 

- माथिको तश्विर इन्डिगो एयरको प्रतीकात्मक तश्विर हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते