२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए

२०७५, २८ असार बिहीबार १२:५१

असार २८, काबुल | आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् । 

स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ ।

सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा अरु कैयौँ लडाकूहरु घाइते पनि भएको समाचारमा जनाइएको छ । 

अहमद अबाद जिल्लाको बान्ड ए मिचाल्घो क्षेत्रमा बिहीबार केही घण्टाको अन्तरालमा भएका हिंसाका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरीका प्रान्तीय प्रवक्ता सरदार वाली तवासामले सिन्ह्वालाई जानकारी दिनुभयो । 

लडाकूहरूले सुरक्षा चौकीहरुमा आक्रमण गरेपछि झडप भएको हो । लडाकूहरूको आक्रमणमा परी प्रहरीतर्फ पनि चार जना मारिएका छन् भने छ जना घाइते भएका छन् । 

त्यसैगरी उत्तरी जावज्जान प्रान्तमा २८ जना इस्लामिक स्टेट (आइएस) लडाकूहरू मारिएका छन् । सो प्रान्तमा नौ जना तालिवान लडाकूको पनि मृत्यु भएको छ । 

घटनामा परी १६ जना आइएस लडाकू र ११ जना तालिवान लडाकू घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते