२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा वर्षाबाट २०४ जनाको मृत्यु, २८ जना बेपत्ता

२०७५, २९ असार शुक्रबार ०७:४४

असार २९, टोकियो | जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । 

जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । 

हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिनुभयो । 

विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । 

त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । 

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । 

जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । 

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । 

प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा जानुभएको छ । 

बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा प्रधानमन्त्री आबे शुक्रबार पुग्नुभएको अधिकारीहरुले जनाएका छन् । 

उहाँले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिनुभएको थियो । उहाँले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । 

बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । 

बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गर्नुभएको थियो । उहाँ गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जानुहुने पूर्व निर्धारित कार्यक्रम थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते