२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उहाँलाई पक्राउ गर्ने तयारी

२९ असार २०७५, शुक्रबार १०:२५

असार २९, इस्लामावाद | भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै हुनुहुन्छ । 

उहाँ बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्नुभएको छ । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ । 

लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार उहाँलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 

ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरुले जनाएका छन् । 

उहाँलाई शुक्रबार विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गर्न सकिने अनुमान गरिएको छ । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताउनुभएको छ । 

स्वदेशका लागि प्रस्थान गर्नुअघि उहाँले सार्वजनिक गर्नुभएको एक भिडियोमा भन्नुभएको छ, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।” 

सरिफलाई १० वर्षको जेल सजायको फैसला हालैमात्र सुनाइएको हो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो । 

यही जुलाई २५ मा पाकिस्तानमा आमनिर्वाचन हुन लागेको छ । त्यस निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् । 

उहाँलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । 

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा हुनुहुन्थ्यो । उहाँकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । 

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएको थियो । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उहाँ प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो । 

उहाँलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । उहाँमाथि लागेको आरोप सरिफ र उहाँका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् । 

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो । 

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला