२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुफाबाट उद्धार गरिएका थाई बालक बुधबार घर फर्किदै

२ श्रावण २०७५, बुधबार ०८:५१

साउन २, बैंकक | गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् । 

करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो । 

ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । 

उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ । 

यसअघि उनीहरुलाई सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि नदिने भनिएकोमा आज पहिलो पटक सञ्चारमाध्यमलाई अन्तरवार्ता लिन पनि दिइएको छ । 

यसअघि उनीहरुलाई बिहीबार मात्र अस्पतालबाट बिदा गरेर घर फर्काइने भनिएकोमा उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर जान दिइएको अस्पतालले जनाएको छ । 

करिब दुई हप्तासम्म गुफामै थुनिएर रहेका उनीहरुलाई तर्सिने, एकान्त बस्न चाहने तथा बेला बेलामा झस्किने समस्या देखिएको थियो । 

स्वास्थ्य उपचार सम्पूर्ण रुपबाट पूरा भएपछि उनीहरुलाई अस्पतालबाट बुधबार अस्पतालमै एक भव्य विदाई समारोहको आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ । 

उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय विताउन, तर सञ्चारमाध्यमलाई भने एक पटक मात्र अन्तवार्ता नदिन सुझाव दिइएको छ । 

तर उनीहरुको अवस्था राम्रो भएको र सञ्चारमाध्यमलाई आफूहरु लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन उत्तेजित रहेकाले चिकित्सकहरुले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ । 

गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई करिब एक हप्ताअघि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए । 

उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपछि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए । 

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा