२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए

२०७५, ५ श्रावण शनिबार १२:२२

साउन ५, वासिङ्टन | अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ । 

पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरुलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजनको आरोप रहेको छ । 

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । बिदा मनाउनका लागि प्रख्यात रहेको यस स्थलमा पर्यटक जल शयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकाले सो दुर्घटना भएको जनाइएको छ । 

“मेरो हृदय निकै भारी भएको छ, यस पर्यटकीय क्षेत्रमा घुम्न आएका हाम्रो परिवारका हामी दुईजना काका र भतिजमात्र बाँचेका छौँ ।” अस्पतालको बेडबाट कामेको स्वरमा पर्यटक तिया कोलेम्यानले एक सञ्चारमाध्यमलाई बताउनुभएको छ । 

सो दुर्घटनामा मरेकामध्ये केही बालबालिका रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ । 

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनामा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते