२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वाइट हाउसः ट्रम्पलाई किम जोङ उनले पत्र लेखे, के छ पत्रमा ?

२०७५, १७ श्रावण बिहीबार १७:०५

साउन १७, वासिङटन (रासस/एपी) | अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । 

ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिनुभएको छ । “शिष्ट पत्रका लागि धेरै धन्यवाद । आशा छ हाम्रो भेट चाँडै हुनेछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । 

ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्सले “सिंगापुर शिखर बैठकको फलोअप गर्न” र त्यस बैठकमा जारी संयुक्त वक्तव्यमा व्यक्त प्रतिबद्धता अनुरुप अघि बढ्ने उपायका बारेमा पत्राचार केन्द्रित रहेको रबताउनुभयो । 

ह्वाइट हाउसले ट्रम्प र किमबीच तत्कालै भेटघाट हुने बारे केही खुलाएको छैन । 

उपराष्ट्रपति माइक पेन्स र अमेरिकी सैनिक नेतृत्वले हवाईमा बुधबार मात्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धमा हराएका अमेरिकी सैनिकका अवशेष बुझेका थिए । 

उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम पुनः शुरु गरेको र आणविक निरस्त्रीकरण कार्यक्रमप्रति चासो व्यक्त भइरहेको अवस्थामा नयाँ चिठी वासिङटन पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते