२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियामा प्रधानमन्त्रीको दललाई प्रचण्ड बहुमत

२६ श्रावण २०७५, शनिबार ११:२५

साउन २६, नोम्पेन्ह | कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ । 

गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक परिणामअनुसार प्रधानमन्त्री हुनसेन कै सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी)लाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ । 

गएको जुलाई २९ मा सम्पन्न भएको आमनिर्वाचनको परिणाम शनिबार मात्र सार्वजनिक भएको हो । यो परिणामलाई यहाँको निर्वाचन आयोगले औपचारिकता दिन भने बाँकी नै छ । 

सो निर्वाचनमा २० ओटा राजनीतिक दलले प्रतिश्पर्धा गरेका बताइएको थियो । ती दलमध्ये उक्त सिपीपीले नै बहुमत ल्याएको हो । 

कम्बोडियाको राष्ट्रिय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको परिणामअनुसार प्रधानमन्त्री हुन सेनको दल सिपीपीले ४८ लाख आठ हजार मत प्राप्त गरेको छ । 

यो मत कम्बोडियाली संसदीय निर्वाचनमा खसेको सदर मतको ७६.८४ प्रतिशत हुन आउँछ । यो दुई तिहाई भन्दा पनि बढी हो । 

उता राजकुमार नरोदम रनारिधको फनसिनपेकको दलले भने जम्मा तीन लाख ७४ हजार अर्थात ५.८८ प्रतिशत मत मात्र प्राप्त गरेको छ । 

यो नै कम्बोडियाको यो पछिल्लो निर्वाचनमा निकटतम मत ल्याउने प्रमुख प्रतिपक्षी दल हो । त्यसपछि मत ल्याउने अर्काे दलको मत ४.८६ प्रतिशत मात्र हो । 

यहाँको निर्वाचन आयोगले यस निर्वाचनको औपचारिक परिणाम भने यही अगष्ट १५ मा सार्वजनिक गरिने जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । 

यहाँको संसदका १२५ स्थानमध्ये सबै सिटमा नै उक्त दलले जित हासिल गरेको छ । सत्तारुढ दलले नै सबै सिटमा जित हासिल गरेको अनौपचारिक परिणाम आएपछि विपक्षी दलको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

प्रधानमन्त्री हुन सेन ६७ वर्षका हुनुहुन्छ । उहाँ कम्बोडियामा गएको ३३ वर्षदेखि निरन्तररुपमा सत्तामा हुनुहुन्छ । 

अब यो परिणामपछि पनि आगामी पाँच वर्षका लागि उहाँले देशको कार्यकारी प्रमुखको नेतृत्व गर्ने निश्चित भएको छ । 

प्रधानमन्त्री हुन सेनले केही हप्तामात्र अघि आगामी सेप्टेम्बर महिनाको ५ तारिखमा नयाँ संसद् बन्ने र नयाँ संसद्ले आगामी नयाँ सरकार निर्माणका लागि मतदान गर्नेछ भनी सार्वजनिक गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति