२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध

२८ भाद्र २०७५, बिहीबार १७:०१

भदौ २८, कोलम्बो (रासस/एएफपी) | श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । 

बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । 

सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ । 

हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ । प्राचीनकालदेखिको यो अभ्यासलाई बिस्तारै देशभरी विस्तार गर्ने सरकारको रणनीति छ । 

“कानून निर्माताले मन्दिरमा जनावर र पंक्षीको बलि दिन नपाइने व्यवस्थासहितको कानून बनाउन माग गरेका थिए,” सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

हिन्दुका विभिन्न चाडपर्वका बेलामा श्रीलङ्काका कतिपय मन्दिरहरूमा बाख्रा, कुखुरा, भैसीलगायतको बलि दिने प्रचलन रहेको छ । तर जनावर तथा पंक्षी अधिकारवादीहरूले भने त्यसको विरोध गर्दै आएका थिए । 

बलि दिनेहरूले भने लागू गर्न लागिएको नयाँ व्यवस्थाले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने बताएका छन् । आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ । 

श्रीलङ्कामा कुल जनसङ्ख्याको १२ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव