२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा अश्रुग्यास प्रहार

२९ भाद्र २०७५, शुक्रबार १८:०३

भदौ २९, इस्तानबुल (रासस/एएफपी) | टर्कीको सुरक्षाफौजले स्तानबुलस्थित एउटा नयाँ विमानस्थलमा शुक्रबार अश्रुग्यास प्रहार गरेको छ । 

मजदूरहरुले जोखिमपूर्ण काम गरिरहेकै समय अश्रुग्यास प्रहार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डागानको महत्वकांक्षी योजनाका रुपमा रहेको सो विमानस्थलमा अर्को महिनादेखि व्यवसायिक सेवा सुरु गर्ने तयारी गरिएको छ । 

आउँदो अक्टोबरमा काम सम्पन्न गर्नेगरी अहिले सो विमानस्थलमा द्रूत गतिका काम भइरहेको छ । इस्तानबुलको ब्ल्याक सी क्षेत्रमा सो विमानस्थल अहिले निर्माणाधिन अवस्थामा रहेको छ । 

अहिले झण्डै ३५ हजार मजदूरहरुले काम गरिरहेको बताइएको छ । कामको सिलसिलामा ठूलो सङ्ख्यामा मजदूरहरुको मृत्यु भएको पनि समाचारमा जनाइएको छ । 

कामको अवस्थालाई लिएर हजारौँ मजदूरहरूले विरोध प्रदर्शन गरेपछि अश्रुग्यास प्रहार गरिएको निजी क्षेत्रको समाचार संस्था डीएचएले जनाएको छ । 

यस नयाँ विमानस्थलबाट प्रतिबर्ष करिब नौ करोड हवाइ यात्रुले सेवा पाउने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । सन् २०२३ देखि भने त्यो संख्या बढेर १३ करोड पुग्ने अनुमान गरिएको छ । 

उहाँले राष्ट्रपतीय निर्वाचनको केही दिन अगाडी गत जुनमा यस योजनाको प्रचार प्रसारका लागि आफ्नो विमान अवतरण गराउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ