२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

२१ आश्विन २०७५, आईतवार १४:३१

असोज २१, इस्तानबुल (रासस/एपी) | साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताउनुभएको छ । 

टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भन्नुभयो, “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।” 

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आउनुभएको थियो । साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक रहिआउनु भएको थियो । 

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको तर मङ्गलबार वेपत्ता हुनुभएको थियो । 

खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उहाँसँगै वाणिज्य दूतावास गएपनि उहाँलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ । 

खसोग्गीले इस्लामावादमा रहेर वासिङ्टन पोष्टका लागि पनि रिपोर्टिङ गर्दै आउनुभएको थियो । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्टले उहाँको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ । 

महाबाणिज्यदूतावासका अधिकारीहरूले पत्रकार खसोग्गीको बर्बरतापूर्ण रूपमा हत्या गरेको आफुहरूले थाहा पाएको बताए । 

तर साउदी अरबका अधिकारीहरूले भने खसोग्गीको हत्या भएको भन्ने सूचना आधारहीन भएको दावी गरेका छन् । 

टर्कीका सुरक्षा अधिकारीले खसोग्गीलाई अमेरिकी समाचार संस्था एपीसँगको कुराकानीमा साउदी अरबको महाबाणिज्य दूतावासमा मारिएको दावी गरे । तर एक अर्का अधिकारीले अप्रत्यक्ष रूपमा भने पत्रकार मारिएको कुरा ‘उच्च सम्भावना’ मात्र भएको बताए । 

घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने भन्दै आफ्नो नाम सार्वजनिक नगर्न टर्कीका दुबै अधिकारीले अनुरोध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर