2026-06-27 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजीवन जेल सजाय भोगिरहेका आध्यात्मिक गुरु आसारामका छोरा पनि बलात्कारकाे दोषी ठहर

2019-04-27

बैशाख १४, काठमाडौं – बलात्कारको आरोप लागेका आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ । 


नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।

महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक-पटक यौन शोषण गरेको बताएकी थिइन् । उनका पिता आसाराम पहिले नै बालात्कार मामिलामा दोषी ठहर भएका छन् । उक्त अपराधका लागि उनलाई आजीवन कारावास सजाय दिइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी