2026-06-27 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान चालकहरूको हडतालले ५०० उडान अवरुद्ध, ४८ हजार यात्रु अलपत्र

वैशाख १७, स्टकहोम (रासस/सिन्ह्वा) | स्काण्डिनाभियन एअरलाइन (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ ।

विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका लागि तय भएका करिब ५०० उडान अवरूद्ध हुने र यसबाट करिब ४७ हजार हवाई यात्रु प्रभावित बन्ने कम्पनीले जनाएको छ ।

आन्दोलनका मङ्गलबार उक्त विमान कम्पनीका करिब ५४६ उडान अवरूद्ध बनेका र यसबाट ४८ हजार यात्रु अलपत्र बनेका जनाइएको छ । आन्दोलनका कारण मङ्गलबारसम्म तीन हजार ३०६ वटा उडान अवरूद्ध भएका छन् भने यसबाट तीन लाख २६ हजार ९१७ यात्रुलाई असुविधा भएको छ, कम्पनीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।


विमान चालकहरूले उनीहरूको तलव तथा कार्यसूचीको निश्चितताका लागि दुईपक्षीय कार्यस्थल सहमतिका लागि भनी हडताल शुरू भएको तर यसबीचमा सम्बन्धित पक्षसँग भएका वार्ता सकारात्मक दिशामा नगएपछि आन्दोलनका कार्यक्रम निरन्तरताको घोषणा विमान कम्पनी अन्तर्गत कार्यरत चालकहरूको संगठनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी