२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी देशहरूमा समलिङ्गीलाई मृत्युदण्ड दिइन्छ !

२०७६, १८ बैशाख बुधबार ०७:४२

काठमाडौं | ब्रुनाई समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मार्ने कानुन लागु गरेर समलैङ्गिकतामा मृत्युदण्ड सजाय दिने आठौँ देश भएको छ।

त्यस्तो कानुन भएको अन्य देश इरान, साउदी अरब, यमन, सुडान, मौरिटानिया, नाइजेरिया र सोमालिया हुन्।

नाइजेरिया र सोमालियाका केही प्रान्तमा समलिङ्गीलाई मृत्युदण्डको सजाय भएको अन्तर्राष्ट्रिय लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स र इन्टर्सेक्स सङ्घ आईएलजीएले जनाएको छ।

कुनकुन देशले समलिङ्गीलाई मृत्युदण्ड दियो भन्ने पत्ता लगाउन भने सहज छैन।

एमनेस्टी इन्टर्न्याश्नलले विगत केही वर्षमा समलिङ्गीलाई मृत्युदण्ड नदिइएको बताएको छ।

तर इरान र साउदी अरबमा समलिङ्गीलाई मृत्युदण्ड दिइएको इतिहास छ।

नाइजेरियाको मुस्लिमबाहुल्य उत्तरी प्रान्तहरूमा त्यस्तो व्यवस्था भएपनि त्यो कहिल्यै लागु गरिएको छैन।

समलिङ्गी सम्बन्ध गैरकानुनी कहाँ छ?

ब्रुनाईमा पहिले पनि समलैङ्गिकता गैरकानुनी थियो र यसको सजाय १० वर्ष कैद थियो।

समलिङ्गीविरुद्ध कानुन भएका देश

नयाँ कानुनले महिलाबीचको समलिङ्गी सम्बन्धलाई पनि गैरकानुनी मानेको छ। यसको सजाय ४० कोर्रा वा १० वर्ष जेल वा दुवै रहेको छ।

आईएलजीएको अनुसार संसारका ७० देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी रहेको छ।

रुससहित अन्य देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी नभएपनि केही कानुनी बन्देज लगाइएका छन्।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाउने कानुनी प्रावधानहरू खारेज गरेको थियो।

कानुनी सङ्घर्ष

केही देशमा समलिङ्गी सम्बन्धलाई अवैधानिक बनाउने कानुनविरुद्ध अदालतमा चुनौती दिइएको छ।

त्यहाँ ती कानुन खारेज हुन सक्ने अवस्था छ:

केन्यामा सर्वोच्च अदालतले मे २४ मा समलिङ्गी सम्बन्धलाई मान्यता दिने सम्बन्धमा फैसला दिँदैछ

बोत्स्वानामा यो वर्ष सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धका बारेमा फैसला दिनुपर्नेछ

जमैकामा समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाउने कानुनलाई चुनौती दिइएको छ

गत वर्ष मलेशियामा एउटा धार्मिक अदालतले दुई महिलालाई समलैङ्गिक यौनसम्बन्ध राख्न खोजेको भन्दै दोषी ठहर गरेको थियो

समलिङ्गी विवाह

संसारका २६ देशमा समलिङ्गी विवाह गर्न पाइन्छ।

समलिङ्गी विवाहको परिभाषा भने फरक हुनसक्छ।

उत्तरी आयरल्यान्डमा त्यस्तो विवाह गैरकानुनी छ, तर यूकेमा वैधानिक मान्यता छ।

कोस्टा रिकाको सर्वोच्च अदालतले हालै समलिङ्गी विवाहलाई वैध घोषणा गरेको छ

ब्राजिल र मेक्सिको पनि आईएलजीएको सूचीमा छन्।

किनभने त्यहाँ "कुनै न कुनै तरिकाले वैध रूपमा समलिङ्गी विवाह गर्न सम्भव छ"।

समलिङ्गी विवाह वैध भएका देशहरू:

२००१ नेदरल्यान्डस

२००३ बेल्जियम

२००५ क्यानडा र स्पेन

२००६ दक्षिण अफ्रिका

२००९ नर्वे र स्वीडन

२०१० आइसल्यान्ड, पोर्चुगल र आर्जेन्टिना

२०१२ डेन्मार्क

२०१३ उरुग्वे, न्यूजिल्यान्ड, फ्रान्स र ब्राजिल

२०१४ यूके (उत्तरी आयरल्यान्डबाहेक)

२०१५ लग्जेम्बर्ग, आयरल्यान्ड, मेक्सिको र अमेरिका

२०१६ कोलम्बिया

२०१७ फिनल्यान्ड, माल्टा, जर्मनी र अस्ट्रेलिया

२०१९ अस्ट्रिया

सन् २०१८ अगस्टमा कोस्टा रिकाको सर्वोच्च अदालतले समलिङ्गी विवाहमाथिको प्रतिबन्धलाई अवैध भन्दै सासंदहरूलाई १८ महिनाभित्र कानुन परिवर्तन गर्न आदेश दिएको थियो। बिबिसी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय