2026-06-27 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ दशक यताकै शक्तिशाली चक्रवात ‘फानी’: ३ जनाको मृत्यु, १ सय ६० जना घाइते

2019-05-04

बैशाख २१, नयाँदिल्ली । भीषण वर्षा तथा करिब २ सय २५ किलोमिटर प्रतिघण्टा वेगको हुरीसँगै आएको चक्रवात ‘फनी’ शुक्रबार बिहान भारतको उडिसा प्रान्तमा प्रवेश गरेको र त्यसले तटीय इलाकामा जनजीवन व्यापक प्रभावित पारेको छ। उक्त सामुद्रिक आँधीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको र करिब १ सय ६० जना घाइते भएको उडिसाका स्थानीय अधिकारीले जानकारी दिएका छन्।

उडिसामा विद्युत् आपूर्तिलगायत टेलिफोन तथा यातायात सेवा पूरै ध्वस्त भएका छन्। विभिन्न इलाकामा रूख तथा पोलहरू ढलेका छन् भने कयौं ठाउँ डुबानमा परेको र प्रायः झुपडीहरु तहसनहस भएका छन्।

चक्रवातका कारण तटीय क्षेत्रबाट करिब १२ लाख नागरिकलाई सुरक्षित स्थानमा पुर्याइएका छन्। अहिलेसम्म क्षतिको अनुमान हुन सकेको छैन। यद्यपि चक्रवातको हावाको वेग कमजोर हुँदै गइरहेको मौसमविद्ले जानकारी दिएका छन्। यो भारतमा आएका सामुद्रिक चक्रवातमध्ये तीन दशक यताको सबैभन्दा शक्तिशाली भएको जनाइएको छ।

उक्त चक्रवात शुक्रबार बिहान करिब ८ बजे उडिसाको पुरीमा पुगेको थियो। यो शुरूआतमा १ सय ७५ किलोमिटर प्रतिघण्टा हावाको वेगसहित प्रवेश गरेको र २ सय ४५ किलोमिटर प्रतिघण्टा वेगसम्म पुगेको बताइएको छ। चक्रवात पुग्ने क्रमको प्रक्रिया पूरा हुन करिब ३ घण्टा लागेको मौसम विभागले जनाएको छ। फनी चक्रवातका कारण उडिसाको बिजु पटनायक इन्टरनेसनल एयरपोर्टलाई पनि ठूलो क्षति पुर्याएको छ। चक्रवातको मार्गमा पर्ने जोखिमपूर्ण तटीय इलाकाबाट करिब १२ लाख नागरिकलाई सुरक्षित स्थान सारिसकेका छन्।

यसमा करिब ११ लाखलाई बिहीबार नै सुरक्षित स्थानमा पुर्याइएका थिए। करिब १० हजार गाउँ र ५२ शहरी इलाकाबाट उनीहरुलाई स्थानान्तरण गरिएको हो। चक्रवातका लागि ८ सय ८० केन्द्र बनाइएको र करिब ११ लाख नागरिक ४ हजार शिविरमा आश्रय लिइरहेको बताइएको छ।

राजधानी भुवनेश्वरमा करिब १ सय ४० किलोमिटर प्रतिघण्टा वेगले हावाहुरी चलेको मौसम विभागका अधिकारीहरुले बताए। भुवनेश्वरमा कयौं स्थानमा रूख ढलेको र जनजीवन प्रभावित भएको प्रहरी बताए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो