2026-06-27 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झडपमा परी तीन प्रहरी र १४ लडाकू मारिए

2019-05-04

बैशाख २१, कान्दाहार । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य १४ लडाकू मारिएका प्रान्तीय प्रहरी प्रमुखले बताउनु भएको छ ।

कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्लामा रहेको एक प्रहरी चौकीमा शनिबार बिहान सबेरै तालिबान लडाकू समूहले गरेको आक्रमणको सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १४ तालिबान लडाकू मारिएका छन् ।

यद्यपी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको झडपमा परी तीन सुरक्षा अधिकारीको पनि मृत्यु भएको छ ।

यस झडपमा परी चार सुरक्षा अधिकारी र सात तालिबान लडाकूको घाइते भएका छन् ।

तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा केही समय यतादेखि सुरक्षा व्यवस्थामा सुधार भएको बताइन्छ । तर पनि तालिबान आतङ्ककारी समूहले यस प्रान्तमा बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी