२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा दुई पक्षका सांसदबीच हानाहान, एक सांसद गम्भीर घाइते

२०७६, २८ बैशाख शनिबार ०९:००

बैशाख २८, काठमाडौं । शनिवार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ । 

सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भएको थियो । 


घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । 

हङहङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुरदगी गरिने व्यवस्था छ । 

प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिङको हङहङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङहङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ । 

सन् १९९७ सम्म ब्रिटिस उपनिवेश रहेको हङहङ, चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो । 

शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको थियो । 

तनाव बढ्दै जादाँ हात हालाहालको अवस्था सिर्जना भयो । सांसदहरु टेबल चढ्ने, एक अर्कालाई गाली गर्ने र दुई पक्ष भएर एक अर्कालाई ठेले । यस घम्साघम्सीबीच एक सांसद ग्यारी फ्यान बेस्कन पछारिए । लोकतन्त्र पक्षधर सांसद ग्यारी लडेर गम्भीर घाइते भएपछि अस्पताल लगिएको हो ।   

सुपुरदगी विधयक लागू भए हङहङलाई दिइएको विशेष स्वायत्तमाथिनै प्रहार हुने हो कि भन्नेमा जनस्तरमै डर देखिन्छ । त्यही कारण दुई हप्ता अघि सुपुरदगी विधयकको विरोधमा १ लाख ३० हजार मानिसले प्रदर्शन गरेका थिए । त्यस्तै कयैन हजारले संसदबाहिर भेला भएर विधयक परित्याग गर्नुपर्ने माग राखेका थिए । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै