2026-06-28 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले मुक्त गरेका १९ पाकिस्तानी कैदीबन्दी पाकिस्तान प्रस्थान गरे

जेठ १, अमृतसर (रासस/एएनआई) | भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् ।

जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो ।

भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताउनुभयो । उहाँले भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताउनुभयो ।

भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताउनुभयो । 

पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्नेक्रम बढाएका छन् । पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो जसमध्ये ५५ जना माझी थिए । 

पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो । 

भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी