2026-06-28 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी नहरमा खस्दा ७ बालबालिका बेपत्ता २२ जनाको उद्दार

2019-06-20

असार ५ , (रासस-सिन्ह्वा)  | भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ । 

उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो । बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिनु भएको छ । सो सवारी साधनमा यात्रा गरिरेहका ती यात्रुहरु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भएको लगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए । दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको तर सात बालिबालिका भने बेपत्ता भएका छन् ।  ती बालबालिका चारदेखि नौ वर्ष उमेरमा रहेका अधिकारीहरुले जनाएका छन् ।

भारतमा क्षमता भन्दा बढी यात्रु चढ्ने, खराब सडक र लापर्वाही रुपमा सवारी साधन हाँक्ने गर्दा बर्सेनि ठूलो संख्यामा दुर्घटना हुने गरेका अध्ययनहरुले देखाएका छन् । भारतका औसत रुपमा प्रत्येक दिन चारसय व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी