2026-06-28 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु ६८ जना घाइते

2019-07-01

असार १६, ऐजेन्सी | आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा  परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । 

शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।  

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ । 

आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी