2026-06-28 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियालि प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान

2019-07-02

असार १७, एजेन्सी | कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुनुहुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।कम्बोडियाली प्रधानमन्त्रीको कार्यालयका एकजना मन्त्री थामरोङले दिएको जानकारीअनुसार उहाँले विश्व व्यापार संगठनको विशेष सत्रमा सम्बोधन गर्नुहुनेछ । मन्त्री थामरोङले त्यस अवसरमा कम्बोडियाको आर्थिक अवस्था, यहाँको आर्थिक विकासका लागि कम्बोडियाले गरेका प्रयास र संघर्षका बारेमा पनि चर्चा गर्नुहुने जानकारी दिनुभयो ।सोही सम्बोधनका क्रममा प्रधानमन्त्री हुन सेनले कम्बोडियाको व्यापार रणनीति २०१९ सार्वजनिक गर्नुहुने जानकारी पनि मन्त्री थामरोङले दिनुभयो । त्यसैगरी उहाँले बिहीबार बस्ने राष्ट्रसंघीय मानवअधिकार परिषदको ४१ औँ नियमित सत्रलाई पनि सम्बोधन गर्नुहुनेछ । 

उहाँले सो सम्बोधनका क्रममा प्रजातन्त्र र मानवअधिकारप्रति कम्बोडियाको दरिलो प्रतिबद्धता पनि व्यक्त गर्नुहुने मन्त्री थामरोङजे बताउनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी