2026-06-27 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशालि भूकम्प

2019-07-05

असार २०, ऐजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । 

क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । 

अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ । गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन ।अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन् ।

क्यालिफोर्नियामा सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट क्यालिफोर्निया राज्यको दक्षिणी भूभागमा पर्दछ । करिब ६.६८ किलोमीटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको पत्ता लागेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।

क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । तर पनि क्षति भने दक्षिणी क्यालिफोर्नियामा बढी भएको अनुमान गरिएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको यहाँ भूकम्प गएको छ । 

भूकम्पपछि यहाँका केही स्थानमा आगलागी भएको पनि अधिकारीहरुले जनाएका छन् । तर ठूलो सङ्ख्याका उद्वारकर्मीहरु उद्वारको काममा खटिसकेका बताइएको छ । प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर  अस्पतालसम्म पु¥याइएको जनाइएको छ । 

भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट यहाँको बाक्लो आवादी रहेको क्षेत्रभन्दा धेरै नै पर रहेकोले क्षति कम भएको अनुमान गरिएको केही अधिकारीहरुको भनाई छ । क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति खराब नरहेको, नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ । भूकम्पलगत्तै उहाँले गर्नुभएको ट्वीटमा यस्तो बताउनुभएको हो ।

यहाँका भौगर्भिक अधिकारीहरुले भूकम्पपछि निरन्तर परकम्प गइरहेको जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले पराकम्पहरु गइरहेको भन्दै अरु पनि कैयौँ परकम्प जानसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी