२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अश्लील कल रेकर्ड सार्वजनिक गर्ने महिलालाई ६ वर्ष सजायँ तोकियो

२०७६, २१ असार शनिबार ०५:१४

असार २१, काठमाडौं । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गर्ने इन्डोनेसियाकी एक महिलालाई अदालतले ६ वर्ष जेल सजायँ दिएको छ ।

इन्डोनेसियाको सर्वोच्च अदालतले अश्लील सामग्री सार्वजनिक गरेको भन्दै बाइक नुरिल मकनुनलाई ६ वर्ष जेल सजायँ तोकेको हो । अदालतले पीडित नुरिललाई ५० करोड रुपियाह (झण्डै ४० लाख नेपाली रुपैयाँ) जरिवाना पनि तोकेको छ ।

अदालतको फैसलाको मानवअधिकारकर्मीले आलोचना गरेका छन् । अश्लील कल रेकर्ड सामाजिक सन्जालमा भाइरल भएपछि नुरिलको मालिकले प्रहरीमा उजुरी गरेका थिए । अदालतले आफ्नो फैसलामा भनेको छ- अश्लील कल रेकर्ड प्रसारण हुनुमा बाइक नुरिल मकनुन दोषी छिन् । 

नुरिल लोमबोकद्वीपस्थित माताराम शहरको एक स्कुलको शिक्षिका हुन् । उनले आफ्नो हेड सरले फोन गरेर अश्लील कुरा गर्ने गरेको उजुरी पनि दर्ता गराएकी थिइन् । नुरिलले एक कल रेकर्ड गरिन् जसमा हेड सरले अश्लील शब्द प्रयोग गर्दै गाली गरेका थिए । 

यस रेकर्डिङ स्कुलका शिक्षकहरुलाई सुनाइएको थियो र स्थानीय शिक्षा एजेन्सी प्रमुखसमक्ष पेश गरिएको थियो । यो अडियो सामाजिक सन्जालमा पनि भाइरल भयो ।

अदालतमा पेश गरिएका दस्तावेजका अनुसार यो घटनापछि हेडसरले आफनो नोकरी गुमाए । ती हेड सरले आफ्ना कुरा सार्वजनिक गरेको भन्दै प्रहरीमा उजुरी गरे । घटना अदालतसम्म पुग्यो । अदालतले इन्डोनेसियाको कानुनअनुसार नुरिलले ‘शालीनता उल्लंघन’ गरेको ठहर गर्‍यो । बिहीबारको फैसलामा सर्वोच्च अदालतले नुरिलले नयाँ प्रमाण पेश गर्न नसकेको भनेको छ ।

अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘उनको न्यायिक समीक्षाको अपिल पनि खारेज गरिएको छ । किनभने अपराध गरेको सजिलै प्रमाणित भइसकेको छ ।’

नुरिलले अदालतमा त्यो अडियो आफूले सार्वजनिक नगरेको दाबी गरेकी थिइन् । उनले आफ्नो फोनबाट एक जना साथीले लिएर सार्वजनिक गरिदिएको बताएकी थिइन् ।

उनको वकिल जोको जुमाडीले बीबीसीसँग भनेका छन्, ‘नुरिललाई अदालतको फैसला स्वीकार छ, तर यौन उत्पीडिनको विरोधमा आवाज उठाएवाफत आपराधिक मुद्दा झेल्ने व्यक्ति उनीबाहेक अर्को हुनु नपरोस् ।’ वकिल जोको अनुसार अदालतले फैसला सुनाउने बेला उनी शान्त थिइन् । सर्वोच्च अदालतको यो फैसलाविरुद्ध अब अर्को कुनै अपिल गर्न पाइने छैन । तर, नुरिलको टिमले सजायँ माफको लागि राष्ट्रपति जोको विडोडोसँग आग्रह गर्न सक्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै