2026-06-28 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए

2019-07-24

साउन ८, एजेन्सी  |  नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ ।

मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि चलिरहेको भिषण कारबाहीमा ठूलो परिमाणमा हातहतियार समेत बरामद भएको सैनिक प्रवक्ता ओन्येमा न्वाचुकुले बताउनुभयो । 

नाइजेरियाली सेनाले हवाई गस्ती र कारबाही पनि गरेको थियो । 

सैनिक प्रवक्ता ओन्येमाले शस्त्रधारीको अपहरणमा परेका ५० जनाभन्दा बढीलाई मुक्त गरिएको तथा शंकास्पद २५ जना सैनिक समूहका सदस्यहरुलाई पक्राउ गरिएको पनि जानकारी दिनुभयो ।

नाइजेरियाका उत्तरपश्चिमी राज्यहरु कदुना, जाम्फारा र अरु इलाकाहरुमा वर्षौंदेखि शसस्त्र समूहले स्थानीय व्यक्तिहरुको हत्या गर्ने र उनीहरुको सम्पत्ति लुटपाट गर्नेक्रम बढेपछि सेनाले वृहद् सैन्य कारबाही थालेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी