2026-06-28 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

2019-07-28

साउन १२,  (रासस-एएफपी)  | उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् ।

प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए । गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सियाङ हाई लीन ८ नाम दिइएको उक्त डुङ्गा स्थानीय समय अनुसार शनिबार साँझपख उत्तर कोरियाली बन्दरगाह वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयले उक्त डुङ्गा सुरक्षित रुपमा फर्किएकामा सन्तोष व्यक्त गरेको छ । उक्त डुङ्गा आइतबार अपराह्न दक्षिण कोरियाको सोक्चो आइपुगेको छ । 

उक्त डुङ्गा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो । अधिकारीहरुका अनुसार उक्त डुङ्गा उत्तर कोरियाली सीमाबाट करिब १०० मिटर टाढा रहेको थियो ।रुसी तट रक्षकहरुले पनि काठको डुङ्गामा बसेर माछा मार्ने उत्तर कोरियालीहरुलाई बारम्बार पक्राउ गर्ने र लामो समय जेलमा राख्ने गरेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी