२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र चीन व्यापार वार्ता शाङ्घाईमा शुरु

२०७६, १५ श्रावण बुधबार ११:०४

साउन १५,  (रासस-एएफपी) | एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।

यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन शाङ्घाईमा हुनुहुन्छ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हे ले गर्नुभएको छ । दुबै टोलीले बुधबार बिहान एकअर्कासँग हात मिलाएर वार्तामा बस्नु भएको थियो । अमेरिकी अधिकारीहरु वार्ताका लागि मंगलबार नै शाङ्घाई पुग्नुभएको थियो । 

यहीबीच, अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभएको छ –मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरु आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन् । यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन ।

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ । ट्रम्पले भन्नुभयो –चीनसँगको समस्या नै यही हो, उनीहरु इमान्दार हुन सकेनन् ।विज्ञहरुले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्वीटले पहिल्यैदेखि तनाबमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन् ।

शाङ्घाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिनुभएको थियो । अमेरिकी उक्त भनाईलाई चीनले “अमेरिकी अहङ्कार” भन्दै प्रतिवाद गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु