2026-06-28 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा इन्टरनेटको लतको कारण डेढ लाख युवामा मानसिक समस्या

2019-08-04

साउन १९, एजेन्सी |  एक अध्ययनका अनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वको अरु देशकोभन्दा तीव्र गतिको छ । त्यहाँका हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन् । तर, अहिले त्यहाँ इन्टरनेटको लत ठूलो समस्याको रुपमा देखा परेको छ ।

यसको लतका कारण युवा मानसिक र शारीरिक रुपमा अस्वस्थ बन्न थालेका छन् । इन्टरनेटको लत छुटाउन अहिले देशभर पुनःस्थापना केन्द्रहरु खोल्न परेको छ । त्यहाँ युवाहरुलाई इन्टरनेटको लत छुटाउन सहयोग गरिन्छ । त्यस्तै विद्यालयमा विशेष कार्यक्रमहरु पनि शुरु गरिएको छ ।

पछिल्लो वर्षको आधिकारिक तथ्याङ्कका अनुसार १ लाख ४० हजार युवा इन्टरनेटको लतको चपेटामा छन् । केही रिपोर्टका अनुसार यो संख्या अझ बढी पनि हुन सक्ने बताइएको छ । नेशनल हेल्थ सर्विसले यदि कुनै कुरामा व्यक्तिले नियन्त्रण गर्न सक्दैन भने त्यसलाई लत मानिने उल्लेख गरेको छ ।

इन्टरनेटको लतका कारण युवा मानसिक र शारीरिक र मानसिक रुपमा अस्वस्थ बन्न थालेका छन् । उनीहरु स–सानो कुरामा रिसाउने र उत्तेजित हुने गरेका छन् । यसरी व्यक्तिको व्यवहारमा पनि बदलाव देखिने गरेको छ ।  इन्टरनेटको लतका कारण उनीहरु सुत्ने र खानेजस्ता जरुरी कार्य पनि टार्न थालेका छन् ।

अहिले थुप्रै संख्यामा युवाहरु इन्टरनेटको लत छुटाउन क्याम्पहरुमा जाने गरेका छन् । क्याम्पमा युवाहरुलाई अनलाइनको दुनियाँबाट कसरी दुरी बनाउने भनेर सिकाइन्छ । मुजु शहरमा रहेको क्याम्पमा मात्र सन् २०१४ देखि १२ सय युवा क्याम्पमा लत छुटाउन आइसकेका छन् ।

इन्टरनेटको लत लागेका एक युवा भन्छन  ‘मलाई युट्युव हेर्ने नराम्रो लत लागेको थियो । म दैनिक १८ घण्टासम्म युट्युवमा बिताउँथे ।’ यसले उनी स–सानो कुराले उत्तेजित हुने र तनावमा रहन थालेका थिए । उनको पढाइ पनि प्रभावित हुन थालेको थियो । त्यसपछि उनले क्याम्पमा भर्ना हुने निधो गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी