2026-06-28 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका-चीन बीचको व्यापार युद्धले घट्यो चीनको आर्थिक वृद्धिदर

2019-08-12

साउन २७, एजेन्सी  | पछिल्लो समय अमेरिका-चीन बीचको व्यापार युद्ध थप जटिल बन्दै गएको छ । यसले चिनियाँ अर्थतन्त्रमा नकारात्मक संकेत देखिन थालेका छन् । गत हप्ता चीनको सांघाईमा दुबै देशका प्रतिनिधिहरू व्यापार युद्धकै विषयमा छलफल गरेका थिए। 

अमेरिकी प्रतिनिधि वार्ता सकेर अमेरिका पुगेलगत्तै अमेरिकाले चिनियाँ सामानमा थप कर लगाउने निर्णय गर्‍यो। अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले वार्ता सफल नभएको भन्दै चीनबाट आयात हुने ३ सय अर्ब डलर बराबरको सामानमा १० प्रतिशतले कर लगाउने घोषणा गरे ।

यसअघि अमेरिकाले चीनबाट आयात हुने २ सय ५० अर्ब डलर बराबरको सामानमा २५ प्रतिशत कर लगइरहेको थियो। अमेरिकाले पछिल्लो समय करको थप गरेपछि अमेरिका जाने प्राय सबै सामानमा कर लाग्ने भएको छ। अमेरिकाले पहिलो पटक सन् २०१८ को जुनमा २ सय ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। त्यो कर सन् २०१९ जनवरीमा बढाएर २५ प्रतिशत बनाएको थियो।

अमेरिका-चीनबीच व्यापार युद्धको असर चिनियाँ अर्थतन्त्रमा देखिन थालेको आइएमएफले जनाएको छ। व्यापार युद्धकै परिणाम स्वरुप आइएमएफले चीनको कुल ग्राहस्थ उत्पादन सन् २०१९ को अन्तमा ६.२ प्रतिशत मात्रै हुने प्रक्षपण गरेको छ। सन् २०२० मा यो झनै घट्ने उसको अनुमान छ। आइएमएफका अनुसार सन् २०२० मा चीनको अर्थतन्त्र ६ प्रतिशतलेमात्र विस्तार हुने छ। सन् २०१८ मा चीनको अर्थतन्त्र ६. ३ प्रतिशतले बढेको थियो।

व्यापार युद्धको समाधानको लागि चिनियाँ पक्षले समाधानको प्रयास गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने झनै आक्रामक देखिदै गएका छन्। शनिबार पनि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले चीनको अर्थतन्त्र पछिल्लो केही दशककै सबैभन्दा नाजुक अवस्थामा रहेको बताए।

तर, आइएमएफले अमेरिकाले पछिल्लो समय बढाएको कर अघिनै उक्त प्रक्षेपण गरेको थियो। प्रक्षेपण पछि कर बढाएकाले आइएमएफको प्रक्षेपण पुष्टि हुने संकेत मिलेको छ। व्यापार युद्ध लम्बीदै जाँदा चिनियाँ अर्थतन्त्र अझै खस्कँदै जाने आइएमएफले अनुमान गरेको छ।

आइएमएफले अमेरिका चीन व्यापार युद्धले चीनको मात्रै नभएर समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्ने बताएको छ । उसले व्यापार युद्ध समाधानको लागि अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी