2026-06-28 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतमा बाढी, २ सय ९ जनाको मृत्यु

2019-08-14

साउन २९, एजेन्सी | भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।  यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्  । 

भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो ।  ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ ।

केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो ।  हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य  ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन् । 

पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी