2026-06-28 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कश्मीर मुद्दाबारे ट्रम्पले मोदी र इमरान खानसँग कुराकानी गरेपछि…

2019-08-20

भदौ ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो ।

ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘मेरा दुवै साथीहरु मोदी र खानसँग व्यापार, रणनीतिक साझेदारी तथा भारत र पाकिस्तानबीच काश्मीरमा देखिएको तनाव कम गर्नेबारे कुरा भयो । परिस्थिति अप्ठ्यारो छ, तर कुराकानी राम्रो छ ।’

भारतले संविधानको धारा ३७९ खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जाको खोस्ने र लद्दाखलाई अलग राज्य घोषणा गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पनि पुगिसकेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणमा ट्रम्पले कश्मीर मुद्दामा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । तर, मोदीले त्यसलाई नकार्दै पाकिस्तानसँग मात्र वार्ता गर्ने बताएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल ट्वीटर ह्यान्डलबाट ट्रम्पसँग आधा घण्टा टेलिफोन वार्ता भएको जानकारी दिइएको छ । ट्वीटरमा लेखिएको छ, ‘३० मिनेटको कुराकानीमा द्विपक्षीय र क्षेत्रीय मामलाबारे छलफल भयो र सौहार्दतामा जोड दिइयो जुन दुवै नेताबीचको सम्बन्धको विशेषता हो ।’

भारतीय मिडियाका अनुसार मोदीले पाकिस्तानतर्फ संकेत गर्दै केही नेताहरुले अति उग्र बयान दिनु र भारतविरोधी हिंसालाई बढावा दिनु क्षेत्रीय शान्तिको लागि ठीक नरहेको बताएका थिए । उनले सीमापार आतंकवाद र हिंसाबाट मुक्त हुनु जरुरी रहेकोमा समेत जोड दिए । मोदीले सुरक्षित र लोकतान्त्रिक अफगानिस्तान निर्माणको लागि भारत प्रतिबद्ध रहेको जानकारी पनि ट्रम्पलाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी