2026-06-28 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलबाटै फर्काइयो कश्मीरको अवस्था बुझ्न गएका राहुल गान्धी

2019-08-25

भदौ ८, एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमति दिइएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको थियो ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गएका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा राहुलले भने, ‘केही दिन पहिले गर्भनरले मलाई जम्मू–कश्मीर आउने निम्तो दिएका थिए । हामी कश्मीरका जनताको अवस्था बुझ्न चाहन्थ्यौँ । तर हामीलाई श्रीनगरको विमानस्थलबाट बाहिर जान अनुमति दिइएन । हामीसँग दुर्व्यवहार गरियो र सञ्चारकर्मीलाई पिटियो । यसले जम्मू–कश्मीरको अवस्था सामान्य नभएको देखाउँछ ।’

राहुलसँगै कश्मीर गएका गुलाम नबी आजादले कश्मीरको अवस्था डरलाग्दो भएको बताए । उनले विमानमा सँगै यात्रारत केही कश्मीरी यात्रुले बताएको दुःखद अवस्थाले ढुङ्गालाई पनि रुवाउने बताए । उता सीपीएमका महासचिव सीताराम येचुरीले विमानस्थलमा आफूहरुलाई गरिएको व्यहारबारे बताए, ‘जब हामीलाई विमानस्थलमा हिरासतमा लिइयो तब हामीले कुन आरोपमा पक्राउ गरिएको हो भनेर सोध्यौँ र आदेश देखाउन भन्यौँ । 

उनीहरुले हामीले त्यो आदेश पढेर सुनाए । जब हामी आदेश देख्यौँ त्यसमा हामी एकजुट भएर व्यवधान उत्पन्न गर्न पुगेको लेखिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी