२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँचतारे होटलमा कामको लोभ देखाएर ६ सय महिलाको नग्न तस्बिर मगाए

२०७६, ९ भाद्र सोमबार ०९:३१

भदौ ९, एजेन्सी | भारतको साइबराबादमा एक सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरिएको छ । उनीमाथि महिलालाई पाँचतारे होटलमा जागिर मिलाइदिने भन्दै उनीहरुको नग्न तस्बिर माग्ने गरेको आरोप लागेको छ ।

प्रदिप चेन्नईको एक चर्चित आइटी कम्पनीमा काम गर्दथे । २२ अगस्टमा उनलाई पक्राउ गरियो । हैदराबादकी एक महिलाले उनीमाथि मुद्दा दर्ता गरेकी थिइन् । जब पुलिसले अनुसन्धान गर्‍यो तब यो डरलाग्दो घटना सार्वजनिक भएको हो । प्रदिपको फोनमा ६० अन्य महिलाको नग्न तस्बिर थियो ।

ऊजुरी गर्ने महिलाले प्रदिपले उनलाई जागिरको प्रस्ताव दिएको र यसको बदलामा आफ्नो नग्न तस्बिर मागेको आरोप लगाइन् । साइबराबादको मियांपुर सर्किलका पुलिस इन्स्पेक्टरले भने –

‘सुरुमा प्रदिपले महिलाको साधारण तस्बिर मागे । त्यसपछि उनले नग्न तस्बिर मागे । होटलका मानिसहरुले उनको शरीर कस्तो छ भनेर हेर्न चाहेको उनले बताउने गर्दथे । महिलाले पनि ती व्यक्तिको कुरामा विश्वास गरेर आफ्नो नग्न तस्बिर पठाइन् । तस्बिर पाएपछि प्रदिपले महिलासँगको सम्पर्क काटिन् । कुरा गर्न बन्द गरे ।’

अनुसन्धानको क्रममा प्रदिपले विभिन्न महिलामाथि यस्तो गरेको पत्ता लागेको पुलिसले बताएको छ । पुलिसले प्रदिपविरुद्ध मुद्दा दर्ता गरेको छ । उनले यस्तो अरु कति महिलामाथि गरेका छन् भनेर पुलिसले पत्ता लगाउन खोजिरहेको छ ।

पुलिसले प्रदिपविरुद्ध मुद्दा दर्ता गरेता पनि उनीमाथिको कारवाही निकै ढिलो भएको छ । हैदराबादबाट मात्रै पनि ६० घटना सार्वजनिक भएपछि हैदराबाद पुलिसले यो घटनालाई निकै महत्व दिएको छ । भारतीय मिडियाका अनुसार वास्तवमा यी आरोपीले देशभरी ६ सय महिलामाथि यस्तो गरेको तथ्य फेला परेको छ ।

 यी व्यक्तिको वास्तविका नाम प्रदिप नभई क्लेमेन्ट राज हो । उनी आइटी कम्पनीमा काम गर्दथे । तर महिलालाई जागिर दिलाउने काम गर्ने बताएका थिए । देशका १६ राज्यका महिलालाई उनले आफ्नो जालमा फसाएका छन् जसमध्ये केही महिला कर्नाटक, आन्ध्र प्रदेश र महाराष्ट्रको थियो ।

उनले तमिलनाडुमा बस्ने महिलामाथि पनि यस्तै व्यवहार गरे । तर त्यहाँ त्यहाँका धेरै महिला शिकार हुनबाट बचे । आरोपीलाई त्यहाँ उनी पक्राउ पर्लान् कि भनेर शंका थियो । क्लेमेन्ट राज विवाहित थिए । उनी र उनकी श्रीमती दुबै जागिरे थिए । छुट्टा छुट्टै शिफ्टमा काम गर्दथे । उनी घरमा एक्लै बस्थे । बोर हुन्थे । निरश जीवनलाई उत्साहित बनाउन चाहन्थे तर तरिका निकाले डरलाग्दो । उनले इन्टरनेटमा जब पोर्टल खोज्न सुरु गरे । त्यसबाट उनले महिलाको नम्बर निकाले । यी सबै महिला रिसेप्सनिष्टको जागिर खोजिरहेका थिए ।

उनले महिलालाई फोन गर्न सुरु गरे । उनले आफ्नो नाम प्रदिप बताउँथे र पाँच तारे होटलका डायरेक्टर । उनीहरुलाई अन्तरवार्तामा बोलाउने कुरा पनि गर्दथे । यसका लागि एचआरको फोन आउने पनि बताउथेँ ।

त्यसपछि क्लेमेन्ट ती महिलासँग ह्वाट्सएपमा कुरा गर्दथे । उनीहरुलाई भिन्न–भिन्न एंगलमा आफ्नो नग्न तस्बिर पठाउन पनि भन्थे । क्लेमेन्ट महिलासँग भिडियो कल पनि गर्दथे । उनीहरुलाई कपडा उतार्न पनि भन्थे । यी सबै उनले आफ्नो फोनमा रेकर्ड गर्दथे ।

मियांपुर थानाका असिस्टेन्ट पुलिस कमिश्नर एस रवी भन्छन्ः‘हामीसँग उनको ल्यापटप छ । त्यसमा एउटा फोटो ग्यालरी पनि छ । त्यो खोल्नका लागि पासवर्ड चाहिन्छ । यसमा थुप्रै महिलाको तस्बिर छ । यो पनि हुनसक्छ कि उनी यी तस्बिर प्रयोग गरेर ब्ल्याकमेलसमेत गर्दथे । हामीले जतिपनि प्रमाण भेटेका छौं, त्यो हामीले फोरेन्सिक ल्याबमा पठाएका छौं । क्लेमेन्टले महिलालाई ब्ल्याकमेल गरेर लाखौं कमाएका छन् । यसबारे हामी निकै गहिराइसँग अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा