2026-06-27 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पकी महिला सहायकलाई किन ह्वाइट हाउसले अचानक हटायो ?

2019-08-31

भदौ १४, एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी महिला सहायकलाई ह्वाइट हाउसबाट निकालिएको छ । उनले ट्रम्प परिवारबारे केही नीजि जानकारी चुहाएको भन्दै यस्तो कदम उठाइएको जानकारीमा उल्लेख छ ।

२९ वर्षकी मेडेलिन वेस्टरहाउसलाई यसै महिना डिनरमा पत्रकारसँग कुरा गरिरहेको देखिएको थियो त्यसपछि उनलाई बिहिबार अचानक हटाइएको छ । सिबिएस न्यूजको रिपोर्ट अनुसार उनी रक्सीको मातमा ट्रम्पसँगको आफ्नो पहुँच बारे निकै घमण्डका साथ बोलिरहेकी थिइन् ।


मेडेलीन ट्रम्प राष्ट्रपति बनेको पहिलो दिनदेखि नै उनीसँग काम गरिरहेकी थिइन् । ह्वाइट हाउसले यसबारे कुनै टिप्पणी गर्न अस्विकार गरेका छ । न्यूयोर्क टाइम्सले एक स्रोतलाई हवाला दिँदै मेडेलिनलाई अब ‘हटाइसकिएको कर्मचारी’ को रुपमा हेरिनेछ र उनलाई कार्यालय आउनबाट पनि रोकिएको जानकारी दिएको छ ।

अमेरिकी मिडियाका अनुसार उनको अफिस राष्ट्रपतिको अफिसको ठिक अघिल्तिर वेस्ट विंगमा थियो । उनले अगस्ट महिनामा न्यूजर्सीको बर्कले हाइट्स होटलमा ट्रम्पको छुट्टीका बेला डिनर गरिरहँदा पत्रकारसँग अनौपचारिक टिप्पणी गरेकी थिइन् ।


स्रोतले सिबिएसलाई दिएको जानकारी अनुसार उनले रक्सी पिइरहेकी थिइन् र राष्ट्रपतिको परिवारबारे नीजि जानकारी उजागर गरेकी थिइन् । उनले कथित रुपमा ती प्रशारणकर्ताबारे कुराकानी गरेका थिए जो राष्ट्रपतिसम्म पहुँच चाहन्थे ।

ट्रम्पले यो कुराकानीको जानकारी कहाँबाट पाए त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ह्वाइट हाउसका थुप्रै अधिकारी ट्रम्पप्रति मेडेलिनको इमान्दारिताको विषयमा पहिले नै शंका गरिरहेका थिए । एक पूर्व अधिकारीले सिबिएसले भने, ‘उनी पहिलो दिनदेखि नै जासुस गरिरहेकी थिइन् । उनी राष्ट्रपतिका आलोचकलाई काम गराउनका लागि उनीसँग आफ्नो निकटताको प्रयोग गर्दथिन् ।’

‘ह्वाइट हाउस’ मा छापिएका दुई किताब अनुसार ट्रम्प जितेपछि मेडेदिन दुःखी थिइन् र उनलाई रुँदै गरिएको देखिएको थियो । तर यति हुँदाहुँदै उनलाई कथित रुपमा १ लाख ४५ हजार डलर तलब भएको सहायकको जागिर पाएकी थिइन् ।


मेडेलिनलाई धेरैजसो न्यूयोर्क स्थित ट्रम्प टावरको लबीमा पाहुनालाई ल्याउँदै लाँदै गरेको देखिन्थ्यो । न्यूयोर्क टाइम्सका अनुसार उनको एक निजी इन्स्टाग्राम पेजमा उनी आफ्नो जीवन र राष्ट्रपतिसँग आफ्ना यात्राबारे पोष्ट गरिरहन्छिन् ।

जब बरिष्ठ पत्रकार बब वुडवर्डले एक अन्तरवार्ताको क्रममा ट्रम्पसँग उनको समयका लागि केलिनने कनवेजस्ता प्रमुख सहयोगीले नसुनेको भनेर आफ्नो असन्तुष्टि व्यक्त गरे तब उनले यसका लागि मेडेलिनसँग सम्पर्क गर्नुपर्दथ्यो भनेका थिए ।

उनले भनेका थिए, ‘मेडेलिन नै यस्ता कुराहरुको चाबी हुन् ।’ सिबिएसका अनुसार ट्रम्पले धेरैजसो उनलाई ‘माय ब्यूटी (मेरी सुन्दरी)’ भनेर बोलाउँथे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना