2026-06-28 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफेयरमा भएको भन्दै महिलालाई जेल, बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या

2019-09-04

भदौ १८, एजेन्सी | इराकको कुर्दिस्तानका अनुसार एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् ।  इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो ।

आइतबार सम्बन्धविच्छेदको सुनुवाईपछि अदालत परिसर बाहिर श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका हुन् । इरबिल अदालत बाहिर कार पार्किङमा श्रीमानले ६ पटक गोली चलाएको बताइन्छ । स्मरण रहोस्, इराकी कुर्दिस्तानमा विवाहेत्तर सम्बन्ध राख्ने महिला–पुरुष दुबैलाई सजायको प्रावधान छ ।

इरबिल पुलिसका प्रमुख अब्दुल खालिक तलातले कुर्दिस्तान २४ सँगको कुराकानीमा आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको जानकारी दिए । उनीमाथि हत्याको आरोप दर्ता गरिएको जानकारीमा उल्लेख छ ।पुलिसका अनुसार सुरुवाती अनुसन्धानबाट यी दुईबीच सन् २०१८ देखि नै समस्या सुरु भएको हो । इरानी र कुर्दिश महिलासँग सम्बन्धित एक संस्थाले यसलाई अनर किलिंग बताएको छ । 

इरानियन एण्ड कुर्दिश वुमन राइट्स अर्गनाइजेशनकी एक्जेक्युटिभ डायरेक्टर डिआना नम्मीले दिएको जानकारी अनुसार अफेयरका कारण महिलालाई डेढ वर्षको जेल सजाय भएको थियो । जेलमुक्त भएपछि उनले सम्बन्धविच्छेदको माग गरिन् जसका कारण उनलाई गोली हानी हत्या गरियो । महिलाका पिताले हत्यापछि आफ्नी छोरीले न्याय पाएको भन्दै आरोपीको समर्थन गरेको उनले दाबी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी