2026-06-28 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी राष्ट्रपति पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा भेटवार्ता हुने

2019-09-04

 भदौ १८, एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ ।

रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुगेका छन् । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरुबीच आर्थिक साझेदारी प्रबद्र्धनका विषयमा छलफल हुने गर्दछ ।

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो । राजनीतिक रुपमा रुस र भारतबीच कुनै मतभेद नरहेको बताउँदै वल्र्ड इकोनोमी इस्टिच्यूटका विश्लेषक अलेक्सी कुप्रियानोभले दुबै नेताबीच आर्थिक विषयमा छलफल हुने बताए ।

उनले रुसको पूर्वतर्फ प्रशान्त क्षेत्रमा चीन बाहेकका मुलुकको पनि लगानी भित्र्याउन रुस इच्छुक देखिएको बताए । यस क्षेत्रमा भारतीय लगानीको सम्भावना पहिल्याउन दुबै नेताबीच छलफल हुन सक्छ, उनले भने ।

सम्मेलनअघि मोदी र पुटिनले जेज्दा शहरको भ्रमण गरी त्यहाँका उद्योगको स्थलगत जानकारी लिनेछन् । उनीहरु दुबैले एकअर्कालाई सन् २००१ देखि नै चिन्छन् ।  रुसी मिडियालाई दिनुभएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुबै देशबीच विगत लामो समयदेखि विशेष सम्बन्ध रहेको बताएका छन् ।

दुबै मुलुकबीच सन् २०१८ मा करिब ११ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो ।  भारतले गत वर्ष रुसबाट ५ अर्ब अमेरिकी डलरमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी