2026-06-28 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगललाई १७० मिलियन डलर जरिवाना, युट्युबमा गोपनियता उल्लंघन गरेको आरोप

2019-09-05

भदौ १९, एजेन्सी | अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ ।

भिडियो साइटले जानाजानी र अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप समेत गुगलमाथि लगाइएको छ । युट्युबले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनलाई समेत उल्लंघन गरेको आरोप एफटिसी र अटर्नी जनरलले लगाएका छन् । ती निकायले यूट्यूबलाई आफ्नो बाल नीति परिवर्तन गर्न निर्देशन समेत दिएका छन् । बच्चाको गोपनीयता ऐन अन्तर्गत अमेरिकामा गरिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै ठूलो रकमको जरिवाना हो  |

यो सजाय तोकिएसँगै अमेरिकी अधिकारीहरूले गुगलको स्वामित्वमा रहेको युट्युबले गलत तरिकाले बच्चाहरूको डाटा संकलन गरिहेको समेत आरोप लगाएका छन् । अधिकारीहरूले युट्यूबले बच्चाहरूबाट जानकारी धेरै जानकारी संकलन गर्ने र यसलाई विज्ञापन बढाउन प्रयोग गरेर लाखौं डलर कमाउने गरेको आरोप समेत लगाएका छन् ।

गुगल(ट्यूब) जरिवाना तिर्न सहमत भएको समेत अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरलमा लिने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी