2026-06-28 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणगरे लगत्तै दक्षिण कोरियाली आणविक दूत चीन जाने

2019-09-11

भदौ २५, एजेन्सी | दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्ने भएका छन् । मङ्गलबार मात्र उत्तर कोरियाले दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । 

मन्त्रालयका अनुसार कोरियाली प्रायः द्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत लि दु हुनले यसै हप्ता चीनको भ्रमण गर्न लागेका हुन् | कोरियाली द्वीपको शान्ति र सुरक्षासम्बन्धी दूत हुनले यही बिहीबार चीन भ्रमण गर्ने र चीनका उपमन्त्री लुओ चाओइसँग भेटवार्ता गर्ने बताइएको छ । संयुक्तराज्य अमेरिकासँग उत्तर कोरियाले हालैमात्र वार्ताका लागि आह्वान गरेको थियो । त्यसलगत्तै उत्तर कोरियाले मङ्गलबार मात्र समुद्री तटतर्फ छोटो दूरीका हतियार नै प्रहार गरेको समाचार आएको छ । 

दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार उक्त भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरुका साथै कोरियाली द्वीपमा हालै विकसित परिस्थितिका बारेमा कुराकानी हुनेछ ।  उत्तर कोरियाका पहिलो उपविदेशमन्त्री चो सन हुईले उत्तर कोरिया अमेरिकासँग आगामी सेप्टेम्बर महिनामा वार्तामा बस्न इच्छुक रहेको जानकारी एक विज्ञप्तिमार्फत दिएका छन् ।

उत्तर कोरियाली सरकारी समाचार समितिले सोमबार सो जानकारी दिएको थियो । अमेरिकासँग वार्तामा बस्न आफूहरु इच्छुक रहेको तर वार्ताका लागि दिन भने निश्चित नभएको उनले बताएका थिए । उनी गत महिना दक्षिण कोरिया भ्रमणमा गएका थिए । त्यस क्रममा उनले संयुक्तराज्य अमेरिका उत्तर कोरियासँग कोरियाली द्वीपका विषयमा कुराकानी गर्न चाहेको बताएका थिए ।

सोही अनुसार नै दक्षिण कोरियाले पनि अमेरिकासँग बस्ने चाहना राखेको र त्यसका लागि सेप्टेम्बरको अन्त्यतिरको समय प्रस्ताव गरिएको जानकारी पनि दिएका थिए । उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ताका लागि तथा आणविक कार्यक्रमहरुको पूर्ण रुपमा अन्त्यका लागि आफूमाथि लागेका प्रतिबन्धहरुलाई फुकुवा गर्नुपर्ने माग गर्दै आएको छ । 

तर पनि  अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएका प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा भने केही बताएको छैन । अमेरिकासँग यसअघि नै भएको कुराकानी अनुसार ती प्रतिबन्धहरु फुकुवा नगर्ने हो भने वार्ताको कुनै औचित्य नै नरहने धारणा उत्तर कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् । अमेरिका र उत्तर कोरियाबीच तीन पटकसम्म  उच्चस्तरीय वार्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी