2026-06-28 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै सहकर्मीको गोली लागी नौ प्रहरीको मृत्यु

भदौ २८, काबुल, अफगानिस्तान (रासस/सिन्ह्वा) | अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ । घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि  पुष्टि गरेका छन् ।

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो । गत महिना शाहवालीकोटमा नै भएकोे घटनामा एक प्रहरीले आफ्नै सहकर्मीलाई गरेको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । 

अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना असामान्य भएपनि पटकपटक यस किसिमका घटनाहरू दोहोरिने गरेका छन् ।

यसैबीच शुक्रबार सरकारी सुरक्षाकर्मीले चलाएका आक्रमणमा परी पूर्वी पाक्टिका प्रान्तमा कम्तीमा २० लडाकूको मृत्यु भएको छ चने अन्य केही घाइते भएका उल्लेख गरिएको छ । सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबारको सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा घाइते भएका छन् तर घाइतेमध्ये कतिपयलाई विद्रोहीहरूले सँगै बोकेर लगेकोले घाइते सङ्ख्या एकीन हुन नसकेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी