2026-06-28 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानी भएको अर्को ग्रह पनि भेटियो, तापक्रम पृथ्वीसँग मिल्दो

2019-09-15

भदौ २९, एजेन्सी | खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त पाइएको छ |

सो ग्रहको नाम ‘के २-१८बी’ दिइएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ | अध्ययन अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने अहिले पत्ता लागेको हो ।

त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकोले जीवन सम्भव हुनेतर्फ खगोलविद्हरुले सम्भावना देखाएका छन् । 

‘‘पानी पाइनुले पृथ्वी बाहेकको अर्को ग्रह पनि बस्न योग्य भएको पाइएको छ । यो उत्साहजनक कुरा हो,’’ युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डेटाका रिसर्च एसोसिएट तथा अहिलेको अध्ययन प्रतिवेदनका लेखक एन्जेलोज टिसियारसले भने । 

सोही कलेजका लेक्चरर तथा प्रतिवेदनका सहलेखक इन्गो वाल्डम्यान््ले आगामी दशकमा यस प्रकारका केही ग्रह पाइन सक्ने जनाउँदै तर बस्न योग्य पहिलो ग्रह अहिले फेला परेको जनाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी