२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह गर्न जन्ती बोकेर दुलहाको घर पुगिन् दुलही

२०७६, ९ आश्विन बिहीबार ०७:१३

एजेन्सी | बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन् ।खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो गरेकी हुन् । 

यो देशमा शताब्दिऔं देखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन छ । खदिजाले आफ्नो विवाहको घटना भाइरल भएको केही दिन पछि बीबीसी बंगालीसँग भनिन्, ‘यदि केटाले विवाह गरेर केटी ल्याउन सक्छ भने केटीले किन गर्न सक्दिनँ ?’ खदिजाले तारिकुल इस्लामसँग विवाह गरेकी छिन् । यद्यपि, यो घटनाले कतिलाई प्रेरित गरेको छ भने कतिमा रोष पैदा गराएको छ । एक व्यक्तिले रिसाउँदै भनेका छन्, ‘दम्पत्ति र उनका परिवारलाई चप्पलले कुट्नुपर्छ ।’


यद्यपि, खदिजा र उनका दुलहाका लागि यो निकै सामान्य कुरा थियो , उनीहरु दुबै राम्रो काम गर्नुपर्ने मान्यता राख्छन् । उनले बीबीसीलाई भनिन्, ‘यहाँ परम्परा मुद्दा होइन । यो महिला अधिकारको एउटा मसला हो । आज यदि एक युवतीले युवकसँग विवाह गर्न जान्छिन् भने कसैलाई केही क्षती हुँदैन ।’

उनले भनिन्, ‘यसको साटो, महिलामाथि दुर्व्यवहार कम हुनेछ । कुनै पनि व्यक्ति कोही भन्दा कम वा सानो हुँदैन ।’ यी दम्पत्तिले जसरी  विवाह गरे, त्यसको व्यापक विरोध हुने उनीहरुलाई राम्रोसँग थाहा थियो । यो विवाह गत शनिबार भारतको सीमामा अवस्थित  एक ग्रामीण क्षेत्रमा भएको हो । यहाँसम्म कि उनीहरुका आफ्नै परिवारका सदस्य पनि सुरुवातमा यस्तो विवाहका लागि उत्सुक थिएनन् ।यद्यपि, २७ वर्षीय तारिकुले अन्त्यमा परिवार राजी भएको बताए । आफूले कुनै पनि गल्ती नगरेकोमा उनीहरु ढुक्क छन् ।

नव दम्पत्तिले भने, ‘अदालत, मस्जिदमा विभिन्न विवाह हुन्छन् । हामी धर्म अनुसार विवाह गर्छौं ।’ उनका अनुसार त्यहाँ एक काजी र साक्षी हुन्छन् । यस्ता विवाह पंजीकरण हुन्छ । त्यो विवाहको औपचारिकता हो । हामीले ठ्याक्कै त्यस्तै गरेका छौं । उनले भने, ‘मानिसहरुले के सोच्छन्, के भन्छन्,  त्यो महत्वपूर्ण होइन । केही मानिसरुले भिन्न सोच्न सक्छन्, सबैका आ–आफ्नै धारणा हुन्छन् ।’ 

कस्तो छ परम्परा ?

बीबीसी बंगाली संवाददाता संजना चौधरी भन्छिन्, ‘यहाँको परम्परा अनुसार दुलहा र उनका आफन्त दुलहीको घरमा जान्छन् । त्यहाँ विवाह समारोह आयोजना गरिन्छ र उत्सव मनाइन्छ । त्यसपछि दुलही आफ्नो परिवारसँग बिदा लिन्छिन् र दुलहाको घरमा भित्रिन्छिन् ।’ यो परम्परा वर्षौंदेखि जारी छ ।


यद्यपि, पश्चिमी बंगलादेशको एउटा जिल्ला मेहेरपुरमा केही भिन्न देख्न पाइयो । यहाँ दुलही आफ्नो परिवारका सदस्यसँग विवाह गर्न दुलहाको घर गइन् र विवाहपछि दुलहा, दुलहीको घरमा गए ।यो विवाहको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन । थुप्रै पुरुषका लागि यो अपमानजनक हुनसक्छ । कतिले यो घटनालाई अचम्मित गरिदिने किसिमको पनि भन्न सक्छन् । यहाँसम्म कि एउटा सानो गाउँमा विवाहको जस्तो घटना भएको छ, त्यस्तो बंगलादेशको शहरमा अहिलेसम्म पनि भएको छैन । दम्पत्तीले विवाहित जीवनको सुरुवात एउटा ठूलो साहस देखाउँदै गरेका छन् ।उनीहरुको आत्मविश्वासबाहेक यो एउटा साहसपूर्ण निर्णय थियो ।

हालैका वर्षमा बंगलादेशमा समानताको दिशामा निकै प्रगती भएको छ । विश्व आर्थिक मञ्चका अनुसार लैंगिक समानताका मामलामा दक्षिण एशियामा बंगलादेशको श्रेणी उच्च छ ।यद्यपि, गम्भीर मामला अझै पनि कायम छन् । १९ वर्षकी नुसरत जहाँ रफीको मृत्यु संसारभरी चर्चामा रह्यो । उनले प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेपछि उनलाई जिउँदै जलाएर हत्या गरियो ।यसैबीच संयुक्त राष्ट्रले विवाह गर्ने दुई तिहाई महिलाले आफ्नो जीवनसाथीको हातबाट हिंसाको शिकार हुनुपरेको बताएको छ जसमा गत वर्ष आधा महिलाले रिपोर्ट दर्ता गराए ।

र जब मुस्लिम बहुल देशमा शिक्षा, विवाह कानूनजस्ता विषयमा प्रगतिको कुरा भइरहेका बेला महिला अधिकार समूहले प्रतिबन्ध र पक्षपातको आरोप लगाउँछ । स्मरण रहोस्, बंगलादेश हाई कोर्टले गत महिना विवाहको फारमबाट कुमारी (भर्जिन) शब्द हटाउन आदेश दिएको छ । त्यसपछि अब महिलाले विवाहको फारममा भर्जिन भएको जानकारी दिन आवश्यक छैन । पुरुषले यस्ता कुनै पनि कुराको घोषणा गर्नुपर्दैन ।

तारिकुल र खदिजा आफ्नो विवाह लैङ्गिक समानताको दिशामा एक प्रतिगामी कदम हुनेमा आशावादी छन् । तारिकुलले समाचार एजेन्सी एएफपीलाई भने, ‘एक पुरुषले जे गर्न सक्छन्, त्यो महिलाले पनि गर्न सक्छन् भन्ने कुराको सन्देश हाम्रो विवाहले दिने कुरामा म आशावादी छु ।’ यदि यस्तो भएन छ भने पनि उनीहरु आफ्नो निर्णयले अत्यधिक खुसी हुनेछन् । खदिजाले भनिन्, ‘हामीले विवाहमा असाध्यै रमाइलो गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ