2026-06-28 05:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की, सिरियन कुर्दहरूबीच मध्यस्थता गराउने आशा–ट्रम्प

असोज २४, काठमाडौँ (रासस /सिन्हवा) | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहनु भएको बिहीबार बताउनु भएको छ ।  

 टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य सीमा नाघेमा सजाय दिने धम्की पनि ट्रम्पले दिनु भएको छ । टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ ।

उत्तरी सिरियामा जारी यस युद्धका कारण ६० हजारभन्दा बढी व्यक्ति त्यहाँबाट भागेका छन् । सहायता संस्थाहरुका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार व्यक्तिले आफ्नो घर छाडेर भागिसकेका बेलायतसँगआवद्ध  मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।

ट्रम्पले बिहीबार ट्वीटमार्फत  संयुक्त राज्य अमेरिकाले सिरियाको अवस्थाको बारेमा तीन विकल्पहरू रहेका बताउनु भएको छ ।  हजारौं सेना पठाउने  र सैनिकको रुपमा जिताउने, टर्कीलाई कडा आर्थिक प्रतिबन्ध लगाएर टर्की र कुर्दहरूको बिच सम्झौता गराउने बताउनु भएको छ । 

ट्रम्पले पछि प्रेसले साधेको प्रश्नको जवाफमा तीन विकल्पहरूमा तेस्रो आफूलाई ठिक लागेको बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी