2026-06-28 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारपछि जिउँदै जलाएर २७ वर्षे युवती प्रियंकाको हत्या

2019-11-29

मंसिर १३,एजेन्सी | भारतमा २७ बर्षिय एक युवतीको बलात्कार पछि ज्युदै जलाएर हत्या गरिएको छ | प्रियंका रेड्डीको स्कुटर पंक्चर भएको अवस्थामा उनीमाथि बलात्कार गरेर हत्या गरिएको हो | तेलुगु मिडियाको अनुसार उनि जागिर गर्थिन स्कुटीलाई टोंडुपल्ली टोल प्लाजा नजिकै पार्क गरेर ट्याक्सी चढेर काममा जाने गर्थिन् | 

कामबाट फर्केपछि उनको स्कुटी पंक्चर भएको थियो | त्यसपछि उनले स्कुटीलाई टोल प्लाजामा राखेर ट्याक्सी नै चढेर घर फर्कने निर्णय गरिन | उक्त  प्लाजामा दुई जनाले  प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए | जुन कुरा आफ्नी बहिनीलाई उनले फोनबाट जानकारी गराएकी थिइन | फोनबाट बहिनीलाई उनले सडकमा एक्लै उभिन डर लागिरहेको र अचानक केही मानिसहरु देखिएको र ट्रकजस्तो वस्तु देखिएको पनि बताएकी थिइन् |


केहि समय पछि फोन गर्ने भन्दै  प्रियंकाले आफ्नी बहिनीलाई भन्छिन तर त्यसपछि उनको फोन स्विच अफ हुन्छ | त्यसपछि उनको परिवारका मानिसहरुले टोल प्लाजा नजिकै प्रियंकाको खोजी गर्छन् र स्थानीय पुलिस स्टेशनमा प्रियंका हराएको भन्दै रिपोर्ट दर्ता गराउँछन् |

त्यसपछि बिहिबार बिहान पुलमुनी आधा जलेको शव भेटिएको जानकारी पाउछन |  जुत्ता र स्कार्फबाहेक सय मिटरको दुरीमा प्रियंकाको भित्री वस्त्र पनि भेटिएको थियो जसको आधारमा घरका सदस्यले उनको पहिचान गरे | दुर्घटना स्थलभन्दा केही पर उनको भित्री वस्त्र पनि भेटिएपछि प्रियंकामाथि बलात्कार भएको आशंका गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी